तनहुँ । पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमामा काम गर्ने एकको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका– ७ का ३३ वर्षीय भीम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । यसै गरी सोही ठाउँका ४५ वर्षीय कृष्ण लिङदेन र उदयपुरको कटारी नगरपालकिा ७ का ४० वर्षीय बलबहादुर राई घाइते भएका छन् ।

टेवा पर्खालको काम भइरहेको बेला पहिरो खस्न गई सोही सडकमा निर्माण काम गरी रहेका बेला तिनै जना घाइते भएका थिए । पहिरोले पुरिएका तिनै जना घाइतेलाई तत्काल उद्धार गरी रत्न हरी मेमो रियल अस्पताल दमौलीमा पुर्‍याएका भुजेलको मृत्यु भएको खाणको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here