सोलुखुम्बु । नेपाल शिक्षक संघ सोलुखुम्बुले नेपाल तरुणदलका २ केन्द्रीय सदस्यलाई सम्मान गरेको छ । संघले तरुणदलको केन्द्रीय तदर्थ समितिमा मनोनित भएका नविन थापा र अश्विन बाबु थापालाई शनिबार कांग्रेस पार्टी कार्यालय सल्लेरीमा एक कार्यक्रमका विच सम्मानपत्रसहित सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
नेपाली कांग्रेसका पार्टी सभापति नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यता तथा शिक्षक संघका जिल्ला अधयक्ष मदन राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला उपसभापति फुदोर्जी शेर्पा, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला, नेविसंघका जिल्ला अध्यक्ष नविन बस्नेत लगायतका नेताहरुको उपस्थिती थियो । कार्यक्रममा बोल्दै सभापति शेर्पाले गुटउपगुट भन्दा माथि उठेर पार्टी निर्माणमा लाग्न निर्देशन दिनुभयो ।
यस्तै जिल्ला समन्वय समिति प्रमुख निरौलाले सबै एक जुट भएर अघि बढे मात्रै पार्टीको एजेण्डा स्थापित हुने बताउँनुभयो । तरुण दलका केन्द्रीय तदर्थ समितिका सदस्य नविन थापाले नेपाल तरुण दललाई शसक्त बैचारिक संगठनको रुपमा अघि बढाउनमा भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
अर्का सदस्य अस्विन बाबु थापाले विगतका कुराहरुबाट पाठ सिकेर पार्टी र संगठन निर्माणमा जुट्ने बताउँनुभयो । नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिमा सोलुबाट थापा र बस्नेतसहित अशोक झा र पुष्कर बास्तोला गरी ४ जना मनोनित भएका थिए । झा र बास्तोला भने कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जनाइएको छ ।


























