Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौं, ८ असार । फिल्म ‘जय हो’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले आज शुक्रबार फिल्मको टिजर ओयासआर डिजिटल युटुब च्यानलमार्फत सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको फिल्मको टिजरमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

फिल्मको प्रस्तुतकर्ता शोभित बस्नेत हुन्। राज के भण्डारी र सुरज सरकारको लागानी फिल्म आगामी भदौ ८ गते प्रदर्शन हुनेछ।

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ। फिल्म सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको हो।

त्यस्तै फिल्म टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक टेक पौरखी राई फिल्म कमेडी, एक्सन र लभस्टोरी जनरामा बनेको बताउँछन् । पोखरामा १० प्रतिशत र मनाङ मुस्ताङमा ९० प्रतिशत छायाँकन गरिएकाले पनि फिल्ममा निकै आर्कषक दृश्यहरु समावेश भएको उनी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here