सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धिताल विवादित र बदनाम घुमुवा परिचालन गरी लाभ लिन तल्लिन देखिएका छन् ।प्रहरी उपरीक्षक धितालले परिचालन गरेका शक्तिशाली घुमुवा सई प्रमोद पसवान र प्रहरी सहायक हवल्दार राम अयोध्या प्रसाद यादवले संगठनको मर्यादालाई ख्यालै नगरी नियम विपरीत सर्लाहीमा घुस आतंक मच्चाएको समाचार प्राप्त भएको छ ।प्रहरीकै मिलोमतोमा सर्लाही जिल्लास्थित पर्सा, त्रिभुवननगर, संग्रामपुर, नारायणपुर, मलंगवा, भाँडसर, फेन्हारा, बालारा, गोरखकाली, छन्की र मधबनीलगायतका दर्जनौं सिमानाकाबाट तस्करहरूले दिनहुँ खुलेआम अवैधरुपमा तस्करीका सामान वारपार गरिरहेकोमा प्रहरीकै मिलेमतो पाइएको छ । जसले गर्दा सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ ।सर्लाही प्रहरीकै मिलोमतोमा नेपालबाट चाईनिज स्याउ, सुपारी, मरिच, मदिरा, अलैंची, कुखुराको दाना, चुरोट, युनीलीवर कम्पनीका सबै समान, फेयर एण्ड लब्ली, फेयर एण्ड लब्लीको पाउच, प्रोस्टाइल तेल, क्लोजअप पेस्ट, भारत प्रतिबन्धित प्लास्टिक जन्य समान र चाइनिज इलेक्ट्रोनिक सामग्रीलगायतको करोडौंको सामान भन्सार छलेर नेपालबाट भारत पुग्ने गरेको छ ।
यस्तै, प्रहरीकै मिलोमतोमा जिल्लाको विभिन्न नाकाबाट काजु, लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खानेतेल, कुखुराका चल्ला, अण्डा, चिनीलगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्री मोटरसाइकल, साइकलका माध्यमबाट नेपालमा भित्रने गरेको छ भने भारतमा सस्तो र नेपालमा महंगो भएका कारण सख्खर, धान र गहुँको तस्करी पनि बढेको छ । दैनिक लाखौं र मासिक करोडौं मूल्यबराबरका उल्लेखित सामान भन्सारछली गरी भित्रदा ठूलो रकम राजस्व छली हुने गरेको छ ।सर्लाही जिल्लाका प्रहरी प्रमुख एसपी प्रविन धितालले परिचालन गरेका घुमुवा सई प्रमोद पसवान र प्रहरी सहायक हवल्दार राम अयोध्या प्रसाद यादवले सीमानाकामा भन्सार छली चोरी तस्करी गर्ने अबैध कारोबारीबाट महिनाको दररेट अनुसार रकम असुली गरिएको पाइएको छ ।मलंगवा नाकाबाट काम गर्ने तस्करको नाम र बुझाउने दररेटसमेत हामीलाई प्राप्त भएको छ । मटर र रक्सी दारु तस्कर उमेश पटेल ३ लाख, कपडा तस्कर हासिन मिया २० हजार, कपडा तस्कर जय किशोर यादव ६० हजार, कपडा र सुर्ती तस्कर बिजय महतो ८० हजार, कपडा तस्कर कम्रे आलम ४० हजार घुमुवाहरूले लिने गरेको पाइएको हो ।त्रिभुवननगर नाकाबाट काम गर्ने तस्करको नाम र बुझाउने दररेट पनि हामीलाई प्राप्त भएको छ। कपडा तस्कर बिजय कलवार १ लाख, कपडा तस्कर हसेनी मिया ५० हजार, कपडा देखी होल थोक तस्कर रामबाबु यादव २ लाख, कपडा र हार्डवेयर तस्कर महाजन ५० हजार बुझाउने गरेका छन् ।सिमरा फेन्हरा नाकाबाट काम गर्ने तस्करको नाम र बुझाउने दररेट पनि पाइएको छ । कपडा तस्कर सुरेश यादव ५० हजार, कपडा तस्कर सरोज यादव २ लाख, कपडा तस्कर रामबिर महतो ५० हजार, किराना समान तस्कर रामबाबु साह २ लाख ५० हजार, कपडा तस्कर लखिन्द्र यादव ५० हजार बुझाउने गरेका छन् ।बालारा नाकाबाट काम गर्ने तस्करको नाम र बुझाउने दररेटसमेत प्राप्त भएको छ ।
कपडा तस्कर रोशन यादव १ लाख, श्याम साह १ लाख, हिरालाल साह १ लाख, कुखुरा तस्कर राजेश ठाकुर ५० हजार, बिजय यादव किराना ५० हजार , कबाड तस्कर नवीन चौधरी ७० हजार, कपडा तस्कर राजेश महतोसँग ५० हजार बुझ्ने गरेका छन् ।पर्सा नाकाबाट काम गर्ने तस्करको नाम र बुझाउने दररेट पाइएको छ । कपडाको तस्करी गर्ने बिजय साह र पुकार महतोसँग घुमुवाहरूले १÷१ लाख बुझ्ने गरेका छन् ।नारायणपुर नाकाबाट काम गर्ने तस्करको नाम र बुझाउने दररेटमा उमेश साह (भाई) लोगको समुहले कपडा, हार्डवेयर, सुर्ती लगायतका विभिन्न किसिमका सामान हरिवनसम्म लयाउछन् र नेपालबाट तुत पेस्ट युनिलिभरका समान तस्करी गरेर भारत पुगाउने गरेका छन। इनीहरूले महिनाको ५ लाख प्रहरीमा बुझाउने गरेको पाइएको छ ।त्यस्तै भारतबाट कुखुरा र कुखुराको चल्ला ल्याउन बेचन मियाँले लाइन पाएका छन् भने हुसेनीलाई गाई गोरुको तस्करीका लागि लाइन दिइएको स्रोतले जनाएको छ । तस्करहरू संग्रामपुर र त्रिभुवननगरबाट लाइन लिएर कारोबार गरिरहेको स्रोतको दाबी छ । यतिमात्र नभइ संग्रामपुर नाकाबाट दिनेश यादव, दिनेश पाठक, कैलाश महतो, मनोज साह, सबिता साह, हरिनन् महतो, रामजी, गुप्ता, इन्दललगायतका तस्करहरूलाई जिरा, मरीच, काजु, छोगडा, चिनी, हार्डवेयर, मोटर पार्टस्, रजनीगन्धागायतका सामग्रीहरू भन्सार छलिका सामान भित्र्याउन छुट दिइएपछि ती नाकाहरूबाट रातभर निर्वाध रूपमा अवैध ढुवानी भइरहेको स्थानीय बताउँछन् ।त्यस्तै सर्लाहीको गोरखकाली, त्रिभुवननगर र भारसहबाट पनि तस्करी सुरू भएको छ ।
यी नाकाबाट तस्करहरूले सीमावर्ती थाना चौकी मिलाएर ल्याएको तस्करी सामान महेन्द्र राजमार्ग पु¥याउने र नक्कली बिल बनाएर अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्पका इन्चार्जलाई सेटिङ मिलाएर ट्रान्सपोर्टको माध्यमबाट गन्तव्यमा लैजाने गर्छन्। यस्तै फूल कारोबारीसन्तोष भण्डारी, भारतीय नागरिक फूल ब्यापारी संजय भण्डारी, कपड़ा र किराना व्यापारी रामविश्वास, चिनी व्यापारी बिनोद, इलेक्ट्रोनिक व्यापारी पवन, माछा व्यापारी मंगल, कपड़ा व्यापारी कुमारी, गुलाम,, किरानाको काम गर्ने रिता र बबितालगायत दर्जनभन्दा बढ़ी तस्करहरूलाई लाइन दिएका छन् ।सर्लाहीका प्रहरी प्रमुख एसपी धितालले कारबाही गर्नुको साटो विवादित र बदनाम घुमुवा प्रहरी सहायक हवल्दार राम अयोध्या प्रसाद यादवलाई संरक्षण दिइरहेका छन् । जसका कारण घुमुवा सहायक हवल्दार राम अयोध्या प्रसाद यादवको असुली धन्दा सीमा नै नाघ्न थालेको एक पीडित व्यवसायी बताउँछन् ।२०७७ जेठमा रौतहटको भन्सार सुरक्षा गार्ड चौकीमा कार्यरत हुँदा डिउटीमा रहेका जवानले समातेको छोहडा घुमुवा सहायक हवल्दार राम अयोध्या प्रसाद यादव आफैँले तस्करको घरमा पु¥याएको कुरा मधेश प्रदेशका तत्कालिन डिआइजी धिरज प्रताप सिंहसम्म पुगेपछि डिआइजी सिंहको निर्देशनमा उनीमाथि कारबाही भएको थियो । कारबाही गरिएको एक महिना नबित्दै सोर्सफोर्स लगाएर इलाका प्रहरी कार्यालय गरुडाका घुमुवा भएर बसेर त्यहाँ पनि अवैध असुली गरि आतंक नै मचाएका थिए ।बारा घर भएका घुमुवाका सहायक हवल्दार राम अयोध्या प्रसाद यादवले जागिर प्रवेश गरेदेखि अहिलेसम्म हाकिमलाई खुशी पारेर अवैध कार्य गर्दै आएको बताइएको छ । उनीमाथि कारबाही गर्ने निकाय भने मौन देखिएका छन् ।