विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमानदारीका साथ पूरा गर्ने बताएका छन् ।

विराटनगरमा बुधबार सञ्चारकर्मीहरूसँगको भेटमा बोल्दै उनले सङ्घीयताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्दै कानुन अभावमा सङ्घीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नहुने बताए ।

सङ्घीयता कार्यान्वयन नहुँदा प्रदेश सरकार सरकारजस्तो नभएर विकास एजेन्सी जस्तो हुन पुगेको भन्दै उनले प्रदेशलाई अधिकार सम्पन्न बनाएर सरकारजस्तो बनाउन भूमिका खेल्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here