काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् । सोमवार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताए का हुन् ।
नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने उनको भनाई थियो । कांग्रेसलाई दुर्घटनाबाट बचाउनका लागि नेपाली कांग्रेसलाई फरक ढंङमा चलाउनु पर्ने जिकिर गरे । महामन्त्री थापाले पार्टीलाई आवश्यकताअनुसार बदल्न सक्नुपर्ने बताए । उनले काँग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताउँदै उनले देश अफ्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने बताएका छन् । उनले यस्तो बेलामा कांग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताएका छन् ।
महामन्त्री थापाले सिंगो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको बताउदै कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो नहुने बताए । उनले कांग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको समेत बताए ।