चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । चितवनमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार पाँच वर्ष चल्नेमा शंका नगर्न आग्रह गरेका हुन् ।

अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर त्यहाँ भएरहेको आन्दोलनमा सत्तारूढ दलको संलग्नता नरहेको प्रष्टीकरण दिए । एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित भएको प्रर्दशनमा सत्तारूढ दलका कार्यकर्ताको संलग्नता नरहेको उनको भनाइ थियो ।

‘उहाँ पूर्वमा भएको बेला पनि कुरा भएको थियो, केपीजीसँग । के देख्नुभयो भन्दा त्यस्तो त थिएन उहाँको। केहीकेही मानिस पार्टीका पनि त छन् तर बढीचाहिँ विचारसँग असहमत हुने खालका नै मानिस छन्। सत्तारूढ दलको संस्थागत विरोध भन्नेकुरा विल्कुलै होइन। त्यो झुठो कुरा हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here