काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रवी लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी भएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले, ठूला दुई दलको मिलन खतराको घण्टी रहेको भन्दै वर्तमान सरकारले भ्रष्टाचारका फाइल खोल्न नपाउँदौँ ढाकछोप गरेर बन्द गर्ने प्रयास गरेको आरोप लगाए ।
उनले भने, ‘मैले भन्दै आएको दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो । हिजो कुरा चल्यो फाईल तिमिहरुले होईन हामीले खोलेका हौं भनेर । अझ काण्ड पनि हामीहरुले नै गरेका हौं भनिदिएको भए पनि राम्रो हुने थियो । फाईल तपाईहरु नै खोल्नु भएको तर बन्द नहुँदै जिउँदै फाईल गाड्ने प्रयास गर्नुभयो जुन फाईलमा प्राण थियो ।’
उनले संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट दुई ठूला दलको नयाँ दलको रास्वपालाई सिध्याउने लक्ष्य रहेको पनि आरोप लगाए ।
आइतबारको विशेष समयमा कांग्रेसका सांसद् विश्वप्रकाश शर्माले रवी लामिछानेले आफ्नो कार्यकालमा सिरोहियाको नागरिकताबारे एउटा मात्रै फाइल खोलेको र त्यो पनि खोदा पहाड, निकला चुहा’ भएको अभिव्यक्ति राखेका थिए ।