काठमाडौं । नेकपा एमालेले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेरहद हटाउने निर्णय गरेको छ । एमालेको जेठ १९ गते बसेको सचिवालय बैठकले दसौं महाधिवेशनको विधान सम्मेलनले पारित गरेको कार्यकारिणी कमिटीमा लाग्ने उमेरहद हटाउने निर्णय गरेको हो ।

एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here