काठमाडौँ । नेकपा (एमाले) निकट जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशको प्रथम अधिवेशन हेटौंडामा हुने भएको छ । पुस २१ गते केन्द्रीय कार्यालय बागबजारमा बसेको पदाधिकारी बैठकले पुस २८ गते मकवानपुरको हेटौँडामा प्रथम अधिवेशन गर्ने निर्णय गरेको थियो ।

बैठकले विभिन्न जिल्लाका प्रतिनिधिहरुलाई २४ गते पाँच बजेसम्म आइपुग्न निर्देशन दिएकोको अधिवेशन प्रचार विभागका संयोजक क्यामुद्दिन पठानले जानकारी दिए । अधिवेशनमा करिब ५ सय प्रतिनिधि सहभागी रहने उनको दाबी छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here