काठमाडौँ – सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ।बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो। जसमा प्रतिक्वीन्टल पाँच सय ६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। उनले बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा गरेको पनि बताइन्।

उनले भनिन्,’आजको क्याबिनेटको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिदमूल्य जुन छ, त्यसलाई उद्योगले पाँच सय ६५ रुपैयाँ प्रतिक्वीन्टल दिनुपर्ने त्यो कायम गर्ने भन्ने निर्णय भयो। उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने र यसरी किसानले उखुको प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ प्राप्त गर्ने गरेर निर्णय भएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here