जेठ २२- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट बनाउने बेलामै सरकारले दोहोरो भूमिका खेल्ने गरेको बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा बोल्दै सरकारले बजेट प्रस्तुत गर्ने बेलामा राम्रा र लोकप्रिय बुँदा राख्ने र आर्थिक ऐन र विधेयकमा भने फरक आँकडा प्रस्तुत गर्ने गरेको बताए । ‘बजेट भाषण सुन्ने बेलामा राम्रा राम्रा बुँदाहरू हुन्छन् सोही अनुसार उद्योगी व्यवसायीले प्रतिक्रिया पनि राम्रै दिन्छन्,’ उनले भने, ‘तर, आर्थिक विधेयक र ऐनमा फरक आँकडाका कारण उद्योगी व्यवसायीको बजेटमाथिको प्रतिक्रिया पनि फरक पर्छ ।’

उनले बजेट लेखन गर्ने बेलामै निजी क्षेत्रले उठाएका कुरा बजेट भाषणमा समेटिने तर, रातो किताब आउँदा फरक भएर आउने गरेको होकि भन्ने शंंका रहेको बताए । यसपालि पनि निजी क्षेत्रले राखेका धेरै बुँदाहरू बजेट भाषणमा समेटिएको तर, रातो किताबमा फरक आएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here