काठमाडौं । मुलुकमा प्याज आयात हुुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० लागेको भनेर प्याज आयात गर्न छोडेका व्यवसायीले आयात गर्न थालेसँगै मूल्य घटेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जेठको २१ गतेदेखि आयात रोकेका व्यवसायीले कालीमाटीमा सोमबारदेखि प्याज आयात गर्न थालेका छन् । समितिले प्याजको भाउ सोमबार प्रतिकेजी ५२ रुपियाँ र मङ्गलबार ५३ रुपियाँमा थोक मूल्य तोकेको छ । जेठ १९ गतेसम्म प्रतिकेजी ३५ रुपियाँ थोकमा कारोबार भएको प्याज आयात रोकेपछि १३० रुपियाँसम्म पुुगेको थियो । गोरखापत्रमा खबर छ ।