काठमाडौं, १५ असोज । सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा दफावार छलफल गरी सुझाव दिन गठित उपसमितिको म्याद सात दिन थप गरिएको छ ।  सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकले उपसमितिको म्याद सात दिन थपेको हो । योसँगै रञ्जु झाको संयोजकत्वमा गठित उपसमितिले एक साताभित्र सम्पत्ति शुद्धीकरण विधेयक संशोधन प्रतिवेदन बुझाउनु पर्ने भएको छ ।  यसअघि १५ दिनको समय पाएको उपसमितिले सरोकारवाला र संशोधनकर्तासँग छलफल गरेको छ ।  प्रतिवेदन तयार गर्दा पाँचपटक बैठक बसेको झाले बताइन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here