काठमाडौं । मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गर्ने सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि आज अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन ।

आज बस्ने बैठकले मुख्यतः मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुनेछ । प्रधानमन्त्री पदको अडान नछाड्दा गत पुस १० मा सत्ताका सबै पद गुमाएको कांग्रेस तीन महिनापछि सत्तासीन हुँदै छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने रु भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ ।

प्रधानमन्त्री दाहाललाई चैत ६ मा विश्वासको मत दिएका १० दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी वैशाख १० को उपनिर्वाचनअघि सरकारमा नजाने भएको छ । राष्ट्रिय जनमोर्चाले भने सरकारलाई समर्थन दिने तर सहभागी नहुने नीति लिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here