काठमाडौं- सत्तारूढ गठबन्धनका राष्ट्रियसभा उम्मेदवारहरूलाई जिताउन गठबन्धनका शीर्ष नेताले अपिल गरेका छन्।आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरूलाई जिताउन संयुक्त आह्वान गरेका हुन्।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताले आह्वान गरेकाे बताए।

उनले प्रदेशमा र जिल्लामा समन्वय समिति गठन भएको बारेमा नेतालाई ब्रिफिङ गरिएको पनि बताए।आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। निर्वाचनबाट गठबन्धनलाई अझ संगठित र बलियो बनाउन आवश्यक रहेको गठबन्धनको निष्कर्स छ।गठबन्धन देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर भएको भन्दै नेताहरूले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here