Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौँ । गायिका अञ्जु पन्त र गायक प्रवीण बेडवालको स्वरमा रहेको गीत ‘बढ्दै छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत तथा कुशल सिंह निलको एरेन्ज छ । टाढा भएको प्रेमीप्रेमिकाको भावना प्रकट गरिएको गीतको भिडियोमा लायन र पवित्रा सकी ‘मिस पवि’ फिचर्ड छन् ।
भिडियोमा लायन र मिस पविलाई रोमान्टिक भावमा देखाइएको छ। माधव शर्माको निर्देशन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायाङ्कन, विकास दाहालको सम्पादन छ । द डिभाइन म्युजिकबाट भिडियो सार्वजनिक भएको हो ।


























