Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’को स्वर रहेको गीत ‘निर्मोही’ सार्वजनिक भएको छ । राजु सुनामको शब्द रहेको गीतमा एचबिएन किस्मतको सङ्गीत छ । गीतको भिडियोमा पनि कलाकार श्रेष्ठको अभिनय छ । अभिनयमा उनलाई मोडल पुजन घिमिरे ‘पकु’ले साथ दिएकी छन् । भिडियोको छायाङ्कन अस्ट्रेलिया र काठमाडौँ भएको हो ।

सङ्गीतका विद्यार्थी समेत रहेका श्रेष्ठले बर्सेनि केही गीत ल्याउने गरेका छन् । गीत धेरैले रुचाउने उनले अपेक्षा गरेका छन् । भिडियोमा श्रेष्ठ र पूजनका अलावा रमेश श्रेष्ठ, राजु कार्की तथा बालकालकार आरोन श्रेष्ठ, समृद्धि श्रेष्ठको पनि अभिनय छ  । भिडियो दीपेन्द्र तिमलसिनाले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here