काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले महासमितिको हलमा हिन्दु राष्ट्रको विषय प्रवेश गराएका हुन् ।

ललितपुरस्थित गोदावरीमा जारी महासमिति बैठकमा नेता भण्डारीले १ हजार बढी महासमिति सदस्यको हस्ताक्षरसहितको पूरक प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई महासमिति सदस्यहरुले ताली पड्काएर समर्थन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here