काठमाडौँ । काठमाडौँको कलंकीबाट करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित ५२ वर्षीया रेनुका पहिजुको भाँडा पसलबाट भाँडावर्तन चोरी भएको हो ।
पसलबाट २ लाख ७३ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । चोरीमा संलग्न आरोपी फरार छन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।