काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दुुई हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ। सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो। यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो। तर २०७८ जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढीरपहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो ।

मर्मत सम्भार गरेर फेरि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछिको वर्षामा बन्द गरिएको पानी वितरण गएको मंसिरदेखि फेरि सुरु गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here