काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ ले चार फाइनलिस्ट प्राप्त गरेको छ । शनिबार लाइभ राउण्ड सकिएसँगै फिनालेको समीकरण तयार भएको हो ।
पछिल्लो एपिसोडमा टीम राजेशपायल राईको समूहबाट मकर योञ्जन फाइनलमा प्रवेश गरे । टीम मिलन नेवारबाट विनोद राई, टीम प्रमोद खरेलबाट नोगेन लिम्बु, टीम राजेशपायल राईबाट मकरबहादुर योञ्जन र टीम उदय सोताङबाट कुमार प्रयास राई फाइनलिस्ट बनेका छन् ।
चारैजना फाइनलिस्टको भोटिङ पनि खुला भएको छ । भ्वाइसको फिनाले आगामी शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँदैछ ।