काठमाडौं । सिभिल अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले नयाँ कर्मचारी माग गर्दै विज्ञापन गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी युनियनले अस्पतालका कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने, पदपूर्तिका लागि खोलिएको विज्ञापन तत्काल खारेज गर्नुपर्ने, विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्नुपर्ने, अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायित्व सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् ।

अस्पताल प्रशासन र व्यवस्थापनले एकलौटी रुपमा कर्मचारी भर्ना गर्न खोजेको भन्दै पुराना चिकित्सक तथा कर्मचारी आन्दोलित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here