देउखुरी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहित स्वार्थ जोडिन नहुने बताएका छन् । बिहिबार प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने उनले बताए । एमाले बलियो प्रतिपक्षका रूपमा उभिएकाले पार्टी संगठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताएका छन् ।
उनले सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए । देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारूढ दललाई उनले आग्रह गरे ।