काठमाडौँ । दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो।केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।केसी यही पुष ८ गते घरदेखि बंगलाचुली जान्छु भनी हिँडेको र सोही दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

हत्या आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी निवासी वर्ष ४३ का शेरबहादुर कवर र उनकी श्रीमती दीपा कवरलाइ भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिइएको हाे।यस्तै, साला नाता पर्ने अर्का व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी तथा प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए।

श्रीमान र श्रीमतीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएकाे थियाे। हत्या आरोपितको बयानको आधार खोजतलास गर्दा कोइलाखानीको सुरुङ भित्र शव फेला परेको हो।घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here