काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको भागमा परेको राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधव नेपालसहित तीन नेतालाई दिएको हो । समाजवादीको आइतबार सम्पन्न सचिवालय बैठकले अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
क्लस्टरका कारण समेत पार्टीको तर्फबाट उम्मेदवार टुङ्ग्याउन ढिलाइ भएको भन्दै उनले अन्य दलसँग पनि परामर्श गरेर निर्णय हुने जानकारी दिए । उनका अनुसार आज साँझसम्म उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । एकीकृत समाजवादीले बागमती र कर्णालीमा गरी दुई सिट भाग पाएको छ ।