कालिकोट । कालिकोटको तिला नदीमा शनिवार डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ ।

तिलागुफा नगरपालिका–४, राचुँलीका २१ वर्षीय भजन शाहीको शव आइतबार दिउँसो फेला परेको हो ।

कालिकोट प्रहरीका अनुसार शाही माछा मार्ने क्रममा चिप्लिएर नदीमा खसेका थिए ।

डुबेर बेपत्ता भएका शाहीको खोजी कार्य स्थानीय र प्रहरीले शनिवार बेलुकादेखिनै सुरु गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीका अनुसार शाहीको शव घटनास्थलभन्दा २५ मिटर तल भेटिएको हो । उनी कक्षा १२ मा अध्ययनरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here