काठमाडाैं । गर्मी बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयमा एक महिना गर्मी बिदा दिएको छ ।

आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै नगरभित्र रहेका सामुदायिक र संस्थागत सबै विद्यालय जेठ १८ गतेदेखि असार १४ गतेसम्म बिदा दिएको जनाएको छ ।

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र पठनपाठन सञ्चालन गर्न समस्या भएकाले बिदा दिइएको विज्ञप्ति उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here