काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन्।सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए।उनले उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए।

प्रमुख बालेनले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे।उनले भने, ‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुईवटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका हुन्। काठमाडौं एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन। सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ। फाेहाेरकाे समस्या समाधानका लागि कानुनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीयज्यूलाई आग्रह र अनुरोध गरें।’प्रमुख बालेनले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे।उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here