काठमाडाैं । आज २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो ।

युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोह हुँदैछ ।

सन् १९९८ अगस्ट ८-१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीको सहभागितामा विश्व सम्मेलन भएको थियो । सम्मेलनले आ-आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो ।

सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसंघको ५४औँ महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here