काठमाडाैं । यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिमदिन हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाटआशीर्वाद स्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आजअन्तिम दिन हो ।


सूर्योदयकालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको समितिले जनाएको छ।


कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ। कात्तिक १ गतेदेखि बडादशैँ समापन हुन्छ ।


आश्विन शुक्लप्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसाद स्वरुप विजया दशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउन सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here