Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौँ । चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ को ट्रेलर सार्वजनिक भएको छ ।ट्रेलर बुढा सुब्बा डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । पुस २७ गतेबाट प्रदर्शनमा आउने फिल्म राजाराम बुढाथोकीले निर्माण गरेका हुन् । ट्रेलरमा कलाकार रक्षा बुढाथोकी र किरण श्रेष्ठको प्रेम र बिछोडका किस्सा समेटिएको छ । दीपक श्रेष्ठले ‘पर्खी बसेँ’ झैँ यो चलचित्रमा पनि नयाँ अनुहारलाई डेब्यु गराएका छन् । रोमन फिल्म र तपश्री फिल्मस (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, सङ्कल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।


























