काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता राजेन्द्र महतो आज माइतीघरको निषेधित क्षेत्र तोड्ने तयारीमा लागेका छन् । २०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबिच भएको आठ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै त्यसको विरुद्धमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने अभियानको तयारी छ । 

त्यसका लागि अहिले कमल पोखरीस्थित कमल पोखरीस्थित महेश्वरी भवनमा प्रशिक्षण चलिरहेको छ । नेता महतोले देशभरिका कार्यकर्तालाई बोलाएर प्रशिक्षण दिइरहेका छन् । सो प्रशिक्षणपछि दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिनेछ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here