बारा । मालपोत कार्यालय बारामा कार्यरत दुई कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालय बारामा कार्यरत खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहा घुससहित पक्राउ परेका हुन् ।

जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

साह र कुशवाहालाई पन्ध्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय परिसर नजिकै रहेको पसलबाट पक्राउ गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here