कालिकोट– कालिकोट खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया निरु विकको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले सोही ठाउँका ३० वर्षीया कमला विक र अने नेपालीलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कालिकोटबाट म्याद थपगरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।