काठमाडौँ । प्रहरीले पर्साबाट ४२ केजी गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको छ। पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ महुवन चोकस्थित नहरको सडकखण्डबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।बा.प्र.०३–००१ च.१५४०नं.को पिकअपलाई रोकी चेकजाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखिएको गाँजाको ४२ केजी धुलो बरामद गरिएको प्रहरीले जनाएको छ।

गाँजासहित पिकअप चालक मकवानपुर भिमफेदी गाउँपालिका–९ स्यारसे बस्ने सुमन ब्लोन र पर्सा पटेर्वासुगौली गाउँपलिका–४ बस्ने बिनोद रामलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। पक्राउ परेका दुबै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here