काठमाडौँ । चितवन र नवलपरासी पश्चिममा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित सडकमा ना.८ ख २८१८ नम्बरको कन्टेनर र बागमती प्रदेश ०६-००३ प ४८५१ नम्बरको मोटरसाइकल गए राती एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सोही नगरपालिका-१५ बस्ने ३४ वर्षीय जीवन मग्रातीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बकुलर अस्पताल टाँडीमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित सडकमा लु.१७ प ८७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ स्वाठी बस्ने २६ वर्षीय रामनाथ कँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।