काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका घाइते पर्साका मुन्सी पटेललाई ह्वील चेयर प्रदान गरेका छन् ।आफ्नो चुनावी क्षेत्र बारा–२ पुगेको बेला अध्यक्ष यादवले आज वीरगन्जस्थित पटेलको घरमै पुगेर सो ह्वील चेयर प्रदान गरेको जसपाका केन्द्रीय सदस्य आत्मराम साहले बताए ।
२०७२ मा संविधान जारी भइरहेको बेला भएको आन्दोलनमा प्रहरीको गोली पटेलको खुट्टामा लागेको थियो । गोली लागेपछि उनको उपचार त भयो तर हिँडडुल गर्ने अवस्थामा छैन । अपाङ्ग भएर ओछ्यानमै आफ्नो जीवन बिताइ रहेका पटेललाई ट्वाइलेट सुविधाको यो व्हील चेयरले हिँडडुल गर्नमा सजिलो हुने विश्वास गरिएको नेता साहले बताए ।
 
            
 
	
