काठमाडौं । दक्षिणपूर्वी नाइजेरियाको अमेरिकी दूतावासमा गोली चल्दा दुई कर्मचारी र दुई प्रहरी अधिकारीको ज्यान भएको छ । बन्दुकधारीहरूले नाइजेरियाको अनम्ब्रा राज्यको अटानी सहर नजिकै आक्रमण गर्दै तीन जनालाई अपहरण समेत गरेका छन् ।

बन्धुकधारीले पुलिस फोर्सका दुई र वाणिज्य दूतावासका दुई कर्मचारीको हत्या गरि शवसहित सवारी साधनमा आगो लगाएका छन् । यद्यपी आक्रमणकारीहरू भागेपछि मात्रै थप प्रहरी टोली पुगेको अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

घटनापछि अमेरिकी विदेश विभागले एक विज्ञप्ति जारी गर्दै घटनाबारे छानबिन गर्न नाइजेरियालाई भनेको छ । अनम्ब्रामा बढ्दो हिंसामापृथकतावादीहरू जिम्मेवार हुनुपर्ने प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here