काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पक्राउ परेका हुन् ।
माथि ३४ आरोपहरू लगाइएको छ । पक्राउ परेपछि उनलाई हतकडी भने नलगाइएको बीबीसीले जनाएको छ । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनी आपराधिक आरोपको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।
ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै ट्रम्पले अवैध तरिकाले पैसा दिएको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात लगेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायत ट्रम्पमाथि आरोप रहेका छन् ।


























