काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा। वैकुण्ठ अर्याल नियुक्त भएका छन् । ३ महिनापछि अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर आर्याललाई बिहिबार बिहान सिंहदरबारमा बसेको बैठकले मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका मुख्य सचिव शंकरदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको छ । अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा अर्याल मुख्य सचिवका रूपमै बसेका थिए ।

सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here