आज धेरै पछि मेरो प्रिय मान्छेलाई मेरो मनसपटलमा सजाएका प्रेमलिला भावहरु आज यो मनको किताब बाट तिम्रो हृदयको कुनामा प्रेमपत्र कोर्दै छु । आउ प्रिय यो गुलाफको ओइलाएको उजाड बगैंचामा थोरै बसन्तको अमृत फैलाई देउ फेरि बसन्तको नयाँ पालुवा झै हाम्रो प्रेमामा थोरै कस्तुरीको बास्ना झै मिठास छरिदेउ पुनः हामी पहिलो भेट झै हुनुछ जस्ले नयाँ प्रेमलेली जोडि झै हाम्रो जिन्दगीमा प्रेमको नयाँ अनुभुति नयाँ आयाम थपिदियोस् ।
यी फिक्का हुन लागेका प्रेमलाई फेरि प्रण्यदिवसमा पुनः स्वागत गर जहाँ म ती गुलाफको उजाड बगैंचामा तिम्रो प्रतिक्षामा हुन्छु तिमी मेरो सपनिको राज कुमार बनी प्रेम प्रस्ताव लिएर हासि हासि आउँनु म तिम्रो प्रेमको प्रस्तावलाई मेरो सानो मुटुमा , प्रेमका भावसहित ती प्रेमका प्रस्तावलाई मेरो हृदयको कुनामा सवार गराउने छु । तिम्रो त्यो मीठो अङ्गालोमा प्रेमको संवाद गर्नु छ र प्रेमको प्यालामा नदिमा पौडि खेले छै तिम्रो प्रेमको गहिराइमा डुबुल्की र छलाङ मार्नु छ । के हाम्रो मायामा केही छुटेको छ कि ? तिम्रा ती खैरा आँखा कलेटि परेका ओठ हसिलो मुहार मिजासिलो स्वभाव अझै पनि मेरा नयनको बगैंचामा झलझल आइरहन्छन् । र म फेरि उजाड गुलाफको बगैचामा पुग्छु काहीँ तिमी संग भेट हुन्छ कि भनेर !डर लाग्छ कतै तिमीलाई गुमाउछु भन्ने डरले हरेक हन्डर सहेर तिम्रो आगमनको पर्खाइमा हुन्छु । मन आत्तिन्छ हिजोआज तिम्रो मिठा शब्दहरु सुन्न मेरा कानहरु विचलित हुन्छन् ।
म थाकि सके तिम्रो शब्दहरु सुन्न ! म त तिम्रो मायामा यसरी मात्ती सके कि मनौ मधिरा सेवन गरेर मानिस मात्तीन्छ् नि त्यस्तै भएको छु । लाग्छ म स्वयमले प्रेमको मधिरा पिरहेको छु जस्तो लाग्छ । खै कस्तो ल त बस्यो तिम्रो मायाको न मोहि पोखे झै पोख्न सक्छु न कसैलाई प्रेमको भाव प्रकट गर्न सक्छु । कस्तुरीको बास्ना झै तिम्रो मायाले मलाई चुम्बक झै तिमी तीर आकर्षीत गरि रहेको छ । आउँन प्रिय तिमी र म मिली जिन्दगीको नौलो सुरुवात गरौँ । फेरि अपरिचीत बाट परिचीत भइदिउ ! सुनन् प्रिय मान्छे फेरि मेरो जिन्दगीमा आइ देऊन यी उजाड गुलाफको बगैंचामा थोरै हरियालीको मिठास छरिदेऊ न !