काठमाडौं । काठमाडौंको गैरीधारास्थित नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । पुनको घरमा बसेको भीआईपी सुरक्षाामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी हुन् ।

प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल पड्किँदा गोली लागेर पुनको देब्रे खुट्टामा गोली लागेको छ । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । उनी नातामा तीर्थमालीको नजिकका नाती पर्छन् । शुक्रबार राति भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । असावधानी गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी स्रोतका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए । गोली चलेपछि उनी भागेका थिए । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here