काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजालाई निरन्तरता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा दिवा खाजालाई निरन्तरता दिने व्यवस्था बजेटमा राखेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने क्रममा दिवा खाजाको व्यवस्थाबारे जानकारी गरेका छन् । उनले सामुदायिक विद्यालयमा संचालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए । विद्यार्थीहरूलाई दिवा खाजामा जंगक फुड भने दिन नपाइने बजेटमा व्यवस्था गरिएको छ । स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता सरकारले खारेज गर्ने भएको छ ।
नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ खरिदका लागि सरकारले निरुत्साहित गरेको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेक नयाँ भवन निर्माण नगरिने तथा इन्धन, कार्यालयसम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिने बताए ।


























