बारा – कोल्हवी नगरपालिका वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी रहेका छन्। रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो ।
वन क्षेत्रमा लगाइएको बिरुवा अतिक्रमणकारीहरूले नष्ट गरेका थिए । राष्ट्रिय वन क्षेत्रभित्रको करिब ५ हेक्टर खाली भूभागमा केही शङ्कास्पद भूमाफियाहरुले वनको जग्गा अतिक्रमण गर्ने र सुकुम्वासी आयोगबाट पुर्जा लिने नियतले यसो गरेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।


























