काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू(भागमा चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू(भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू(भागका एक(दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here