काठमाडौँ । तिहारका लागि सयपत्री फूलको माला विक्रीका लागि काठमाडौँ महानगरपालिकाले ४ स्थान तोकेको छ । महानगर प्रमुख बालेन शाहको निर्देशनमा भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउ सहुलियतमा फूल विक्रीका लागि खुला गरेको छ ।
महानगरपालिकाले तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने छ । अघिल्लो वर्षको तिहारमा भारतबाट फूल आयातमा बन्देज लगाएका कारण यो वर्ष नेपाली किसान उत्साहित भएका छन्।

























