काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन कार्यदलको बैठक सुरू भएकाे छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक सुरू भएकाे हो ।
बैठकमा कांग्रेसबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, एमालेका तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा, कानुनमन्त्री अजयकुमार चौरासिया, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीलगायत सहभागी छन् ।
बैठकमा टीआरसी विधेयकसम्बन्धी सहमति हुन बाँकी बुँदामा छलफल भइरहेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।