काठमाडौं । विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ । बैंकले नेपाल सरकारको फ्ल्यागसिप विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयनमा १२० मिलियन अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।
विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको निरन्तरता स्वरूप नेपाल सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमले स्थानीय तहका विद्यालयमा अध्यापन गर्ने शिक्षकको सीप विकासमा सघाउनेछ। कार्यक्रममार्फत उच्च आधारभूत तथा माध्यमिक तहमा अंग्रेजी, गणित र विज्ञानका शिक्षकको सीप अभिवृद्धि हुने छ । यो परियोजनाका लागि विश्व बैंकले १ सय २० मिलियन अमेरिकी डलर सहायता प्रतिबद्धता गरेको हो ।
सहायताले आधारभूत तहमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीप सुधार गर्न सघाउने छ । यस्तै, कोभिड– १९ र अन्य महामारीका कारण विद्यालय बन्द हुँदा परेको असर सम्बोधन गर्न, पुर्नरुत्थान तथा गतिशीत सिकाइ योजना कार्यान्वयन गर्न र डिजिटल शिक्षणलाई सुदृढ गर्ने सरकारको कार्यक्रमलाई सहयोग गर्ने बताइएको छ ।
देशलाई रिनमा डुबाउ