काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकाका केही भागमा मंकीपक्स (एमपक्स)काे मंकीपक्सको संक्रमण फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय स्वास्थ्य निमामकको आपतकालीन कमिटीको बुधबार बसेको बैठकमा सदस्यको सुझावपछि डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरेको डब्ल्यूएचओले जनाएको छ ।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्रारम्भिक प्रकोपको क्रममा करिब ४ सय ५० जनाको मृत्यु भएको छ । मध्य र पूर्वी अफ्रिकन राष्ट्रमा फैलिरहेको जनाइएको छ । यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्यु दर उच्च रहेको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।
बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै एमपक्सको संक्रमण हुने गर्दछ । यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा यो रोग सर्न सक्छ। यसको लक्षण फ्लू जस्तो हुन्छ भने छालामा घाउहरू गराउँछ जुन घातक हुन सक्छ ।
बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिकन, केन्या र रुवाण्डासहित अन्य अफ्रिकी देशमा यो रोग फैलिएको छ ।